काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ललितपुर जिल्ला कमिटी घोषणा गरेको छ । लगनखेलस्थित साझा पार्टी प्यालेसमा आयोजित भेलाले २७५ सदस्यीय कमिटी बनाएको हो ।
कमिटीको अध्यक्षमा हरिकृष्ण थापा सर्वसम्मत भएका छन् । त्यस्तै, उपाध्यक्षमा उषा बज्राचार्य र सचिवमा सुदर्शन मिश्र चयन भएको केन्द्रीय सदस्य कृष्णलाल महर्जनले जानकारी दिए ।
जिल्ला कमिटीको घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गरेका छन । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा सो पार्टीका नेता माधव पौडेल,पोलिटब्युरो सदस्य प्रेमल खनाल, केन्द्रीय सदस्य कृष्णलाल महर्जन लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै