एजेन्सी । खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवातमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो ।
खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए । ग्रानाडाको अग्रतापछि आक्रामक बनेको बार्सिलोनाले पहिलो हाफमा गोल फर्काउने राम्रा अवसर खेर फालेको थियो ।१९औं मिनेटमा सर्जी रोवर्टोको प्रहार बाहिरियो । ३६औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिक प्रहारलाई ग्रानाडाका गोलरकिपरले सजिलै विफल पारे । ४५औं मिनेटमा रोनाल्ड एराउजोको पोस्ट छेउको हेड प्रहारमा ग्रानाडाका गोलकिपर लुईस म्याक्सीमिनो बाधक बनेका थिए ।
७७ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले दोस्रो हाफमा पनि लगातार गोलको अवसर गुमायो । खेलभर १७ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाले अन्तिममा बराबरी गोल फर्काउन सकेको थियो ।९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । २२ बर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । बार्सिलोनाका स्ट्राईकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन् ।
२३ प्रतिशत बल पोसेसनमा राखेको ग्रानाडाले खेलभर पाँचवटा पोस्ट प्रहार गरेको थियो । सुरुवाती अग्रतापछि डिफेन्स लाइन बलियो बनाएको ग्रानाडा अन्तिममा पुगेर अंक बाँड्न बाध्य भयो । बार्सिलोनाका रोनाल्ड एराउजो ‘म्यान अफ दी म्याच’ भए ।बराबरीसँगै बार्सिलोना सातौं स्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई बराबरी नतिजा निकालेको बार्सिलोनाको आठ अंक छ । पाँच खेलबाट तीन अंक बटुलेको ग्रानाडा १७औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ असोज २०७८, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित