काठमाडौं । विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो ।
एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने आफूहरुको पुरानो माग यथावत रहेको जानकारी गराएकी थिइन् । एमालेले अवरोध जारी राखेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
एमालेले विमला वली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै आएको छ । नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल