काठमाडौँमै बोक्सी आरोपमा महिलामाथि कुटपिट, ४ पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, २० : ०७
काठमाडौँमै बोक्सी आरोपमा महिलामाथि कुटपिट, ४ पक्राउ

काठमाडौँ । काठमाडौँमै बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको  छ । बोक्सीको आरोपमा कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बोक्सीको आरोपमा कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दशनारायण महर्जन, जनार्दन पाण्डे र धामी दीपेन्द्रकुमार थिङ रहेका छन् । प्रहरीका अनुसार पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लैजान आग्रह गरेकी थिइन् ।

धामीसँग मिलेर बोक्सी लागेको भन्दै नील डाम हुने गरी कुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस