राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्री ओलीको घोषणा

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १८ : ४६
राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने बताएका हुन् ।

त्यस क्रममा उनले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको पनि बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्व सूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ’, उनले भने, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’ प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस