चितवन–काठमाडौं चल्ने माइक्रोबस शुक्रबारदेखि बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ०९ : ५४
चितवन–काठमाडौं चल्ने माइक्रोबस शुक्रबारदेखि बेपत्ता

काठमाडौं । चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रबार दिउँसो साढे २ बजेतिर भरतपुरबाट छुटेको एनबी मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित माइक्रोबस बेपत्ता भएको हो ।

चितवन पुल्चोकबाट काठमाडौंका लागि छुटेको बा २ ख १३४५ नम्बर को माइक्रो बस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परी धादिङको झ्याप्ले खोलामा केही सवारी साधान पुरिएका थिए ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट छुटेको दरौँदी यातायातको बस पनि सोही ठाउँमा पुरिएको शंका गरिएको छ ।

सुरक्षाकर्मीले उद्धारका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ । सो शव दरौँदी यातायातको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस