ललितपुर। ललितपुरको महालक्ष्मी– ९ स्थित लामाटारमा पहिरोले वितण्डा मच्चाएको छ । त्यहाँको चौलागाईं टोल, भुरभरेटोल, धाराचौर पन्डोलमा पहिरोले दर्जनौं घरहरू जोखिममा परेका छन् ।
महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठका अनुसार लामाटारमा एक घरमा पुरिएर सात जनाको मृत्यु भएकोमा चार जनाको शव फेला परेको छ। बाँकी तीन वटा शवको खोजी कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।
‘पहिरोले धेरै घरहरू जोखिममा परेका छन्, एउटै घरमा पुरिएका सात जनामध्ये चार जनाको शव भेटियो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘बाँकी तीन वटा शव खोज्न सेनाको टोली परिचालित छन् ।’ उनका अनुसार तिल्बु खोलामा आएको बाढीले केही घरहरू डुबानमा पर्नुका साथै धानबाली समेत नष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते
ललितपुरमा स्वास्थ्य बीमा सुरु
ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन