प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १६ : २२
प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद् बैठक

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।  ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस