सभामुख अग्नीप्रसाद सापकोटाप्रति आशंका छ : सुभाष नेम्वाङ

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १७ : १७
सभामुख अग्नीप्रसाद सापकोटाप्रति आशंका छ : सुभाष नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन  ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उनिप्रति आशंका भएको बताएका छन ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए ।

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए ।उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस