सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १८ : २०
सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा

काठमाडौं । सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

‘कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, बजारको सदुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन यस्तो केन्द्र निर्माण गरिने छ,’ विदेयकमा भनिएको छ ।

हरेक प्रदेशमा एउटाका दरले स्थापना गरिने यस्तो बृहत्तर नमूना कृष उत्पादन केन्द्र सञ्चालनका लागि सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरीने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत प्रदेशमा रहेको जोन र सुप्पर जोन कार्यक्रम भन्दा यो कार्यक्रम अलग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस