अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १५ : १६
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदंगा भएको छ । राजधानीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदंगा भएको हो । 

अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ । सोही विवाद सम्मेलनस्थलमा प्रकट भएको एक प्रतिनिधिले जानकारी दिए । सम्मेलनको बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएको छ भने यस विषयमा हलले ठोस निर्णय लिन सकेको छैन । 

केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरुले बाहिरको मान्छे ल्याएर हुलदंगा गराएको आरोप समेत लगाएका छन् । हुलदंगा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योल छ । यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।