काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो ।
आइतबार बसेको कार्यालय (पदाधिकारी)बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहतकोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।
त्यस्तै पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।
विपद्को सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरूलाई विपद् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले मातहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष