प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १६ : २७
प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । 

एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस