काठमाडौँ । ६ महिनापछि विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ ।
असार २८ गते प्रचण्ड सरकार ढलेपछि साउन १ गते पहिलोपटक बैठक बसेको थियो । यसबिचमा कार्यदलको बैठक बसे पनि मोर्चाको मुख्य दल नेकपा माओवादी केन्द्र आन्तरिक काममा व्यस्त रहँदा बैठक प्रभावित हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने
समाजवादी मोर्चाको मञ्च तयार, प्रदर्शनीमार्गमा सवारी निषेध
समाजवादी मोर्चा र राजावादीको प्रदर्शन: बिहानैदेखि काठमाडौँमा सवारी आवागमन प्रभावित