चितवनमा नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटि गठन हुने, आज औपचारिक निर्णय गरिदैं

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १० : ४८
चितवनमा नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटि  गठन हुने, आज औपचारिक निर्णय गरिदैं

चितवन । नेकपा एमालेबाट छुट्टिएर माधव नेपालको नेतृत्वमा दर्ता नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटि चितवनमा पनि गठन हुने भएको छ ।  

गत चैत देखि नै एमालेको समानान्तर कमिटिको रुपमा कार्य गर्दै आईरहेको यसले एकीकृत समाजवादी केन्द्रमा दर्ता भएसंगै जिल्लामा पनि औपचारिक रुपमै गठन हुने लागेको एक नेताले बताए । 

यो कमिटि यसअघि नै जिल्लाको एमालेको समानान्तर कमिटिको रुपमा गत चैत देखि काम गर्दै आएको थियो ।  एकिकृत समाजवादीको जिल्ला कमिटीमा को को रह्ने त्यो आजको बैठकबाट निर्णय हुने छ । फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युताँएपछि सुरु भएको एमालेभित्रको विवाद चितवनमा पनि देखा परेको थियो ।  

प्रतिक्रिया दिनुहोस