काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
सभामुखले सोबारे जवाफ दिएपनि एमाले सांसदहरुले नाराबाजी जारी राखे । एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सांसदले मागे उपसभामुख रानाको राजीनामा, रास्वपाको प्रतिवाद
गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो