काठमाडौं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाविरुद्ध ‘पदीय आचरणअनुसार काम नगरेको’सम्बन्धी प्रस्ताव ल्याउनेबारे सत्ता गठबन्धनमा छलफल चलिरहेको बेला नेकपा (एमाले)का सांसदले उनको राजीनामा माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेले सूर्यप्रसाद ढकालले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । ‘सदनभित्र र बाहिर पनि नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ,’ ढकालले भने, ‘सदन र सदन बाहिर कुरा उठेपछि उपसभामुखले मार्ग प्रशस्त गर्न अर्थात् राजीनामा दिनको लागि आग्रह गर्छु ।
एमालेकै शोभा ज्ञवालीले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु गम्भीर विषय भएको भन्दै संसदको ध्यानाकर्षण गराइन् ।
नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ र हितराज तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम र सुमना श्रेष्ठले उपसभामुखलाई हटाउने काम नगर्न सत्ता गठबन्धनलाई चुनौती दिए । उपसभामुखको लेटरप्याड दुरुपयोग गरेर केही व्यक्तिलाई अमेरिकाको भिसा सहजीकरण गरेको प्रकरणमा उनीमाथि प्रश्न उठेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो