काठमाडौँ । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउन नहुने धारणा व्यक्त गरेका थिए ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको बताएका छन् । बैठकपछि उनले भने, ‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्राउन उद्धत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। आजको बैठकको निष्कर्ष यहि हो।’
बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसद्मा सभामुखको राजीनामा माग्नुपर्ने धारणा राखेका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए। उनले गैर सांसदको उपस्थित भए सदन प्रारम्भै हुन नदिने स्पष्ट पारे।
ओलीलेले छापामार शैलीमा मध्यरातमा अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउन सहयोग गरेर पार्टी फुटाएको आरोपसमेत लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार