धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ ।०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपाको प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो ।
सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा एमाले र जसपा फुटेपछि दलको संख्या ६ पुगेको हो । हाल प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व रहेको छ ।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एसका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका ११ तथा जसपा र लोसपाका एक÷एकजना प्रदेशसभा सदस्य छन् । एमालेबाट निर्वाचित अर्जुनबहादुर सिंह सभामुख छन् भने माओवादीबाट एमाले प्रवेश गरेका पूर्वअर्थमन्त्री झपड बोहरा कारबाहीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, १३ : ५१
लेखकबाट थप