काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छन् ।
पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका उहाँले भन्नुभयो, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।”
त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताउनुभयो । उहाँले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि निःशुल्क उपचार गर्ने बताए ।
माओवादी केन्द्र मध्यनेपाल नगर कमिटीका अध्यक्ष रामचन्द्र पौडेलले जिल्ला पार्टीलाई अगाडि बढाउनका लागि महत्वपूर्ण विभिन्न निर्णय भएको बताए । उनका अनुसार आजै योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) नेपाल मध्यनेपाल नगर कमिटी भेलासमेत सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ भदौ २०७८, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ
टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ
समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको छ : देव गुरुङ