पछिल्लो २४ घण्टामा १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि,  ९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १६ : ३६
पछिल्लो २४ घण्टामा १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि,  ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा र ३ हजार १२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८१८ पुगेको छ।

शनिबार २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३१ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।