काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आगामी असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ ।
अखिल क्रान्तिकारी २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसेको पूर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिइएको हो ।
समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको बताए । ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए ।
ढकालले शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने बताए । कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल सञ्चालन गर्नुपर्ने, शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न संगठनले माग गरेको छ ।
संगठनले २०७७ साल फागुन २२ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुंदे सहमति तत्काल कार्यन्यन गर्न समेत सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी
अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद, माघ १२ मा नेतृत्व चयन
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे छिनोफानो गर्न मतदान
उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते
अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदंगा