काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा १ हजार ९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९ सय १५ र एन्टिजेन विधिबाट १ हजार ९६ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट