झापा । मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ चम्लागाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मेची राजमार्गको चारआली केचना सडक अन्तरगत भद्रपुर ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुर लगिएको थियो । त्यहाँ उपचार सम्भाव नभएपछि थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो।
दमक पुर्याउन साथ उनको मृत्यु भएको थियो। यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका १३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अरु ३ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु
आफैँले चलाएको ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन