कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना कोभिड संक्रमित थपिए, ४४ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १६ : ४९
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना कोभिड संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  गत २४ घण्टामा १५ हजार २९० जनाको नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना संक्रमित भएका छन् ।

यस्तै कोभिड-१९ संक्रमणको कारण थप ४४ जनाको मृत्यु भएको छ ।  १ हजार ७८१ जना निको भएका छन् ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।