कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १७ : ३५
कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ र २ हजार ६ सय २२ एन्टीजेन परीक्षण गर्दा २ सय ५३ गरी १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २४ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९ सय ८१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ७९ जना आईसीयू र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।