काठमाडौं । जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ ।
काठमाडौं विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई जापानी र कोभ्यास अधिकारीहरुले खोप हस्तान्तरण गरेका थिए । अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई दिइने छ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने