काठमाडौँ । जापानका प्रधानमन्त्री इशिबा शिगेरुले निर्वाचनमा आफ्नो दलले बहुतम हासिल गर्न नसके पनि तत्काल पद नछोड्ने भएका छन् । आइतबार भएको निर्वाचनमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको हो ।
एलडीपी र उसको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।
निर्वाचनको परिणामपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री शिगेरुले आफ्नो गठबन्धनले सरकार बनाउन प्रयास गर्ने बताएका छन् ।उनले भनेका छन्- 'हामीले जनताबाट अत्यन्त खराब नतिजा पाएका छौं । यो हाम्रो पार्टी र गठबन्धनका लागि ठुलो धक्का हो । हामीले जनताको मतलाई सहजरुपमा स्वीकार गर्छौं र आगामी दिनमा पार्टीलाई राम्रो ढंगले अगाडी बढाउछौं ।'
प्रधानमन्त्री इशिबाले संसदमा अन्य दलहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य दलहरुसँग सरकार निर्माणको छलफल शुरु गर्ने बताएका छन् । आफ्नो पार्टीले सबैभन्दा धेरै मत पाएकोले सरकार बनाउन पहल गर्ने जिम्मेवारी समेत आफ्नो भएको उनले बताएका छन् ।
यद्यपी १४८ सिट जितेको विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीले पनि अन्य दलसँग छलफल गर्ने बताएको छ । अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए । २००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानका प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि संसद विघटन