गृहमन्त्रालयले भन्यो– कोरोनाको तेस्रो लहर आउन सक्छ, तयारी थालौँ

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १९ : ४३
गृहमन्त्रालयले भन्यो– कोरोनाको तेस्रो लहर आउन सक्छ, तयारी थालौँ

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएको हो।

गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।


 

प्रतिक्रिया दिनुहोस