काठमाडौँ । सरकारले कोरोना महामारीका कारण जोखिममा परेका उद्योगी व्यवसायीको उत्थानका लागि ऋण तिर्ने म्याद पुससम्म दिने भएको छ।
शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड १९ को कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने सुविधा दिने घोषणा गरेको हो।
गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट अति प्रभावित होटल, पर्यटन जस्ता क्षेत्रका व्यवसायीलाई प्राथामिकता दिइनेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विद्युतीय भुक्तानीलाई प्राथामिकतालाई उल्लेख गरेको छ।
महामारीका बेला विद्युतीय भुक्तानीको प्रभावकारिता राष्ट्रबैंकले त्यसलाई प्राथामिकता दिने भएको हो।वृद्धाभत्तालगायतका भक्ताहरु सम्बन्धित व्यक्तिले सजिलै पाउने सक्ने व्यवस्था मिलाउने, सहकारीमा समेत नगद भुक्तानीको सीमा निर्धारण गर्ने र कर्णाली प्रदेशमा वित्तिय उपस्थितिको मात्र बढाउने घोषणा राष्ट्रबैंकले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंक तथा वित्तीय कम्पनीको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन हुने
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
मौद्रिक नीति आज सार्बजनिक नहुने
आज मौद्रिक नीति सार्वजनिक हुँदै
मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो