आज मौद्रिक नीति सार्वजनिक हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, ०८ : २९
आज मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ । बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको जनाइएको छ । 

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो ।

निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको जनाइएको छ । 

त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैकले जनाएको छ  । 

बजेटमार्फत नसमेटिएका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन हुनेमा आशावादी रहेको निजी क्षेत्रको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस