काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई-सेवा मनी ट्रान्सफर प्रा. लि. सँंग सम्झौता गरेको छ । ई-सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।
१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंंकले नगद लाभांश दिने