काठमाडौँ उपत्यकामा राति ८ बजेपछि गाडी चल्न नदिइने

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, १९ : ०८
काठमाडौँ उपत्यकामा राति ८ बजेपछि गाडी चल्न नदिइने

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राति ८ बजेपछि गाडी चल्न नदिइने भएको छ । 

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय गरेको हो ।