काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, १२ : ०४
काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना

काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ ।आज साँझदेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

विभागका मौसमविद् सरोज पुडासैनीले आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिए ।आज अपरान्ह र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए ।

आज काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।