चितवनमा कोरोना संकमितको संख्या बढ्दै, एकैदिन ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १७ : १४
चितवनमा कोरोना संकमितको संख्या बढ्दै, एकैदिन ६ जनाको मृत्यु

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा रहेका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् ।  

 त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका २६० जना बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् । चितवनमा विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस