कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १६ : ०९
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८ सय ७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४ सय ७८ पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २ सय ९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ । 

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।