काठमाडौंमा भोलीबाट कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १४ : २७
काठमाडौंमा भोलीबाट कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं । सोमबार र मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णयाअनुसार काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । 

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस