काठमाडौं । आइतबार बस्ने भनिएको एमालेको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित भएको छ ।
केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आइताबरको केन्द्रीय कमिटी बैठक स्थगित गरेर सोमबारका लागि बोलाइएको बताए । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको सचिव तामाङले जानकारी दिए ।
स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने संगठन विभाग सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।
एमालेको विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्छ । एमालेको विधान महाधिवेशन भदा २७ र २८ गते तोकिएको छ ।
यसका साथै सदस्यता नवीकरण र तल्ला तहका कमिटीहरूको गठन पुनर्गठनमा एमाले केन्द्रित हुने तामाङले बताए । माधव नेपाल पक्षका नेताहरूको आग्रहमा आजको बैठक रोकिए पनि अनन्तकालसम्म पार्टी निष्क्रिय भएर बस्न नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ साउन २०७८, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकबाट १८ बुँदे प्रस्ताव पारित