दाङ । दाङमा झन्डै १० किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङको धान खोलामा रहेको एक होटलबाट नौ किलो नौ सय ३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हरियो रङ्गको भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
लागुऔषध मुद्दामा २० वर्षदेखि फरार व्यक्ति पक्राउ
आशिका तामाङलाई बयानका लागि अदालत लगियो
लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली