काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताए । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, नेउपानेले भने ।
उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।
तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन ।
सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने
आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक
बेलगाम ‘सामाजिक अभियन्ता’, आशिका तामाङमाथि अनुसन्धान हुँदै
आशिका तामाङ पक्राउ