काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भएका हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगी रहेका छन् ।
योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ