काठमाडौं उपत्यकामा संक्रमण बढ्दै

पत्रपत्रिकाबाट

विहीबार, ०७ साउन २०७८, ०६ : १०
काठमाडौं उपत्यकामा संक्रमण बढ्दै

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलेऔँल्याएको छ।

एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।  

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए। लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ। ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस