गौर : कटहरियास्थित डुमरियाका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन् ।
साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरु विद्यालय जान छाडेका हुन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ८ मा यो समाचार छापेको छ ।
एक मिलोमिटर दुरीको विद्यालयमा गत बर्ष नाम लेखाए पनि उनीहरु पढाइाट बञ्चित हुँदै आएका छन् । विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ ।
यो टेलमा ५८ घर मुसहरको बसोबास छ । टोलका सबै बालबालिका विद्यालय जाँदैनन् । उनीहरुको भएटै भनाइ छ, विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ ।
(प्रदेश २ का ८ जिल्लामा झन्डै दुई लाख बालबालिका अझै विद्यालयबाहिर छन् । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको तथ्यांकले १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको हो ।)
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० चैत्र २०७४, ०६ : ५२
लेखकबाट थप