चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए।
यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुबै प्राकृतिक कारणले मरेको बताए ।
गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ साउन २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
विक्रमबाबा मेला भोलिदेखि सुरु हुने
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानीका लागि बोरिङ
नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज