एजेन्सी। भारतको आर्थिक राजधानी मुम्बई शहरको दुई अलग अलग स्थानमा भवन र पर्खाल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । मुम्बईको बिक्रोली र चेमबुर क्षेत्रमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
समाचार संस्था एएनआईका अनुसार भरतनगर क्षेत्रको चेमबुरमा १७ जनाको मृत्यु भएको छ । भूस्खलनपछि पर्खाल भत्किँदा वरिपरिका मानिस चेपिन पुग्दा मृत्युको घटना भएको बृहणमुम्बई नगर निगमले जनाएको छ ।
त्यसैगरी, भिक्रोलीमा समेत यसै प्रकृतिको घटनामा पाँच जनाको मृत्यु भएको छ । भारी वर्षापछि भूस्खलन हुनु, जमिन भासिनु र पुरानो भवन भत्किनु भारतको ठूलो शहरमा सामान्य भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ साउन २०७८, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुम्बई हमलाको १६ वर्ष– भारत छिरेर १० आतंककारीले यसरी गरेका थिए आक्रमण
मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुई जनाको मृत्यु
आइपिएल : बैंगलुरुमाथि मुम्बईको सहज जित