डा. बाबुराम भट्टराईले किन प्रष्टयाए ५ दलीय गठबन्धनको औचित्य ?

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, ०९ : ५१
डा. बाबुराम भट्टराईले किन प्रष्टयाए ५ दलीय गठबन्धनको औचित्य ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले ५ दलीय गठबन्धनको औचित्य प्रष्टयाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध नै ५ दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उनले उल्लेख गरेका हुन्।

‘ओलीप्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै१ साथै दीर्घकालीन रूपमा समावेशीता, संघीयता, सुशासन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो,’ डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणका निम्ति तयार हुनैपर्छ१’

प्रतिक्रिया दिनुहोस