काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ। सांसद गौतमले भट्टराई निवासमा पुगेर देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल गरेकी हुन्।
भेटबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले फेसबुकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’
माओवादीबाट बाहिरिएपछि नयाँ शक्ति हुँदै मधेशवादी दलमा मिसिएर अहिले नेसपा गठन गरेका बाबुराम देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन्।
उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई
बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई