ओली क्याम्पमै बढ्यो ओलीको आलोचना, माधव नेपाललाई प्रधानमन्त्री या अध्यक्ष दिएर भएपनि पार्टी मिलाउन दबाब

आज दुई अध्यक्ष हुँदैन भन्ने छ र माधव नेपाललाई अर्को अध्यक्ष बनाएर जान पनि सकिन्छ

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, ०८ : ४१
ओली क्याम्पमै बढ्यो ओलीको आलोचना, माधव नेपाललाई प्रधानमन्त्री या अध्यक्ष दिएर भएपनि पार्टी मिलाउन दबाब

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली समुहभित्रै केही दिन यता ओलीकै आलोचना शुरु भएको छ । प्रतिनिधीसभा विघटन गरेर चुनाव घोषणा गरेका ओलीमाथी आफ्नै पार्टीका नेतालाई पराई ठानेर जनता समाजवादी पार्टी (जसपा) का महन्थ र राजेन्द्र महतो पक्षलाई काखी च्याप्न खोजेको भन्दै आलोचना शुरु हुन थालेको छ ।

ओलीले नेपाल खनाल समुहका शीर्ष नेतालाई छोडेर अन्य नेतालाई मात्रै विभिन्न प्रलोभन, भ्रम दिएर आफनो पक्षमा तान्ने र नेपाल खनाललाई भने वेवास्ता गर्दै जान थालेपछि ओलीको उनकै समुहभित्रबाट आलोचना शुरु भएको छ । ‘आफनालाई पराई ठान्ने र अर्कोलाई नजिक ठान्ने इगो पार्टीका शीर्ष नेताहरु ओली र माधव नेपाल दुवैमा देखिन खोजेको छ, अझ बढी इगो प्रधानमन्त्रीमा विकसित भएर गएको देखिन्छ,’ ओली निकटका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘आवश्यक पर्दा पार्टी एकता जोगाउन त्याग गर्नुपर्छ भन्ने स्वभाव र शैली प्रधानमन्त्री ओलीमा देखिन सकेन् । त्यसले पार्टीभित्र समस्या परिरहेको छ ।’

ओली समुहमा ओलीले जे बोल्यो, त्यही पार्टी निर्णय हुने अवस्था छ । ओलीले भनेकोमा कसैले नाइनास्ती गर्न सक्ने हिम्मत कुनै नेतामा छैन् । सोही कारण ओली संवैधानिक, असंवैधानिक जे पनि काम गर्न पछि हटेका छैनन् । उनले गरेका पछिल्ला निर्णयलाई अदालतले समेत अवैध घोषणा गर्न थालिसकेको छ । उनका निर्णयमा सर्वोच्चले नै एकपछि अर्को गदै अन्तरिम आदेश दिएर रोक्दै जान थालेको छ ।

आवश्यक पर्दा नेकपा कालको विद्यान अनुसार पार्टीलाई महाधिवेशन सम्म लैजाने गरी अहिलेलाई ओली र अर्को अध्यक्षमा माधव नेपाललाई बनाएर भएपनि जानुपर्ने बहस गुरुङ लगायत नेताहरुले उठाउन थालेका छन् । तर ओलीले यो कुरा सुन्न पनि चाहिरहेका छैनन् । उनी प्रधानमन्त्रीको कुर्सी कुनै पनि हालतमा नछोडने, छोड्नै परे कुर्सी नै भाचिदिने बताउँदै आईरहेका छन् । गुरुङले ‘विन–विन’ को सिचुएसन नभए द्वन्द्वरत पक्षबीच सहमति हुन नसक्ने तर्क गर्दै ओली र नेपाल दुवैले केही न केही इगो छोडेर पार्टी मिलाउनु पर्ने बताएका छन् ।

ओलीको शैलीले पार्टी नै तहसनहस हुने हो कि भन्ने चिन्ता अहिले ओली क्याम्पभित्रै शुरु हुन थालेको ति नेताले बताए । तर ओलीकै अगाडी भने पृथ्वीसुब्बा गुरुङ बाहेक अन्य कुनै पनि नेताले प्रश्न समेत उठाउन सकेका छैनन । एमालेमा ओली विपक्षी गठबन्धनका पार्टीहरुलाई कर्नरमा पार्न त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राजनीतिबाट पाखा लगाउन निक्कै जोरजुलुमका साथ लागिरहेका छन् । आफ्नै पार्टीका माधव नेपाल र झलनाथ खनाललाइ पनि उनले पार्टीबाटै निकालेर असाध्यै कमजोर बनाएर खेदन चाहिरहेका छन् ।

वरिष्ठ नेता माधव नेपाल पनि ओलीको शैलीबाट आजित भएर विपक्षी गठवन्धनसँग मोर्चाबन्दीमा छन् । ओलीको अहंकार र निरंकुश शैलीले प्राप्त उपलब्धी पनि जोखिममा पर्ने, वाह्य हस्तक्षेप वढ्ने देखिन थालेपछि अहिले नेपाल विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम समुह र राष्टि«य जनमोर्चासँगको सहकार्यमा छन् । ओली र नेपालको आ–आफनो इगोका कारण एमाले टुक्रिने दिशामा गएपछि अहिले ओली समुहमै शेरबवहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटोमा जानुभन्दा माधव नेपालका लागि प्रधानमन्त्री बनाउने गरी अगाडी बढ्न सकिने, त्यसका लागि ओलीले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने पक्षमा भित्रभित्र बहस शुरु भएको छ ।

आवश्यक पर्दा नेकपा कालको विद्यान अनुसार पार्टीलाई महाधिवेशन सम्म लैजाने गरी अहिलेलाई ओली र अर्को अध्यक्षमा माधव नेपाललाई बनाएर भएपनि जानुपर्ने बहस गुरुङ लगायत नेताहरुले उठाउन थालेका छन् । तर ओलीले यो कुरा सुन्न पनि चाहिरहेका छैनन् । उनी प्रधानमन्त्रीको कुर्सी कुनै पनि हालतमा नछोडने, छोड्नै परे कुर्सी नै भाचिदिने बताउँदै आईरहेका छन् । गुरुङले ‘विन–विन’ को सिचुएसन नभए द्वन्द्वरत पक्षबीच सहमति हुन नसक्ने तर्क गर्दै ओली र नेपाल दुवैले केही न केही इगो छोडेर पार्टी मिलाउनु पर्ने बताएका छन् ।

अरु पार्टीको (शेरबहादुर देउवा) प्रधानमन्त्री बन्ने स्थिति बन्छ भने बनोस् भन्ने होइन कि माधव नेपाललाई प्रधानमन्त्री दिंदा के बिग्रन्छ ? त्यहाँसम्म पुग्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री एवंम् अध्यक्ष ओली पनि तयार हुनुपर्छ,  गुरुङ भन्छन्,  ‘हिजो दुई अध्यक्ष हुनुहुन्थ्यो । आज दुई अध्यक्ष हुँदैन भन्ने छ र माधव नेपाललाई अर्को अध्यक्ष बनाएर जान पनि सकिन्छ ।’

तर यो प्रस्तावमा ओली तयार देखिदैनन् । उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न तयार छैनन् । ओली समुहमा ओलीलाई खबरदारी गर्ने नेताहरु छैनन् । गुरुङ बाहेकका नेताहरु ओलीका दास जस्ता मात्रै छन् । ओलीले जे तर्क गर्छन्, त्यो ठिक बेठिक जे भएपनि ठिक हो भन्ने बाहेक ओली क्याम्पका अन्य नेताहरका अर्को तर्क देखिदैन । जसले पनि एमालेको ओली समुहभित्रै भित्रभित्रै असन्तुष्टि गुम्सिएर बसेको छ ।
 

प्रतिक्रिया दिनुहोस