रुपालाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १४ : ३६
रुपालाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौं। जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् ।

दलित भएको थाहा पाएपछि कोठा नदिएको भन्ने रुपा सुनारको उजुरीका आधारमा प्रहरीले ती घरबेटीलाई पक्राउ गरेको थियो ।

घरबेटी बुधबार आज रिहा भएकी छन् ।सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हो । थप अनुसन्धान जारी रहने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस