सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, ११ : ०१
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८ सय रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४ सय रुपैयाँले बढेको थियो भने, आज थप ६ सय रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस